असार २४, २०८२ मंगलबार July 8, 2025

महिनावारीपछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महिनावारी हुनुअघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पूरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् । आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षित हुन्छ ?

१) महिनावारी भएको पहिलो सात दिन : महिनावारी भएको पहिलो सात दिन सुरक्षित पिरियड हो । तर, यो बेला महिला शारीरीक र मानसिक रुपले पनि यौन सम्पर्क गर्नु राम्रो मानिंदैन् । त्यसैले यो बेलामा यौन सम्पर्क नगरेको राम्रो ।

२) महिनावारीपछि आठौँ, नवौँ र दशौं दिन : यी दिनमा साधन विना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । अनुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौन सम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३) महिनावारी भएको ११ देखि १६ दिन : साधन विना गरिने यो बेलाको यौन सम्पर्कले गर्भ रहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधन बिनाको यौन सम्पर्कले गर्भ रहने सम्भावना ८० प्रतिशतसम्म रहने बताउँछन् ।

४) १७ देखि १९ दिन : साधन विना गरिने यौन सम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर, ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भ रहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउँछन् ।

५) २० देखि महिनावारी नहुँदासम्मको दिन : यसबेला साधन विना गरिने यौन सम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधन विना गरिने यौन सम्पर्कले गर्भ रहने सम्भावना शून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन् । शून्यदेखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्को कुरा सेफ सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौन रोगको सम्भावनालाई रोक्न सक्दैन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार