असार २९, २०८२ आइतबार July 13, 2025

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा काुनन संकायका विद्यार्थीद्धारा तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कानून अध्ययन गरिरहेका विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । आइतबार कानून सङ्काय अन्तरगत बिएएलएलबीका विद्यार्थीले परीक्षामा प्रश्नपत्र र उत्तर लेख्ने माध्यम नेपाली–अङ्ग्रेजी दुवै हुनुपर्ने माग सहित प्रशासन र प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले मनपरी रुपमा अङ्ग्रेजी माध्यम मात्रै लागू गरेको उनीहरूको आरोप छ । यस विषयमा विगतदेखि नै आफूहरू आन्दोलनरत रहेको विद्यार्थीहरूले बताएका छन् । उनीहरूले यसअघि क्याम्पस प्रशासन र डिन कार्यालयसँग समेत छलफल गरेका थिए । तर, प्रशासनले बेवास्ता गर्दै आइरहेको उनीहरूको भनाइ छ ।

यस्तै उनीहरूले वैशाख ५ गतेबाट क्याम्पसले गर्ने भनेको मध्यसत्र परीक्षा पनि बहिस्कार गर्ने जनाएका छन् । भाषा माध्यमको समस्या विश्वविद्यालय अन्तरगतका कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पसमा पनि रहेको बताइएको छ । माग सम्बोधन नभए आन्दोलनलाई थप आक्रामक बनाउने विद्यार्थीहरूको चेतावनी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार