असार २५, २०८२ बुधबार July 9, 2025

पत्रकारको परीक्षा देशले धान्न सक्दैन : सञ्चारमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मिडिया काउन्सिलबाट पत्रकारहरुको परीक्षा लिन नहुने बताएका छन् ।

पत्रकारहरुको परीक्षा लिने कानून बनाइयो भने त्यसको कार्यान्वयन गर्न गाह्रो हुने भएकाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने मन्त्री बाँस्कोटाको धारणा छ ।
सोमबार राष्ट्रिय सभाको विधायन समितिमा भएको छलफलमा मन्त्री बाँस्कोटाले परीक्षासम्बन्धी प्रावधान हटाउन माग गरेका थिए । तर, मन्त्री बाँस्कोटाको माग विपरीत समितिले पत्रकारको परीक्षा र लाइसेन्स सम्बन्धी प्रावधान राखेर प्रस्ताव पारित पारित गरेको छ ।

पूर्वपत्रकारसमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘हिजो मैले समितिको छलफलमा भनेको थिएँ, पत्रकारलाई लाइसेन्ससम्म जारी गर्नु राम्रै हो, तर परीक्षा केको सञ्चालन गर्छ ? फोटोग्राफीको कि ? कार्टुनिस्टको कि ? केको परीक्षा गर्ने ? मिडिया काउन्सिल भनेको युनिभर्सिटी त होइन ।’

हरेक दिन विभिन्न मिडियामा पत्रकारहरुको नियुक्ति भइरहने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन-कुन दिन चलाउँछ त परीक्षा ? एउटा त एकघण्टे डिपार्टमेन्ट नै राखिराख्नुपर्ने भो यो देशले पनि थेग्न सक्दैन । यो झण्झटिलो हुन्छ । यो आवश्यकै छैन ।’

सोमबार संसदीय समितिमा भएको छलफलमा पनि सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारलाई परीक्षाको व्यवस्था गर्न नहुने अडान राखेका थिए । तर, नेकपाकै सांसद ठगेन्द्रप्रकाश पुरीको जोडबलपछि समितिले पत्रकारलाई परीक्षा लिने प्रावधान पारित गरी छाड्यो ।

तर, पत्रकारलाई परीक्षा लिँदा पाठ्यक्रम बनाउनुपर्ने, फोटो पत्रकारिता, प्रशारण पत्रकारिता, अनलाइन पत्रकारिता आदिका लागि छुट्टाछुट्टै पाठ्यक्रम बनाउनुपर्ने लगायतका समस्या आउने भन्दै मन्त्री बाँस्कोटाले समितिको बैठकमै प्रतिवाद गरेका थिए ।

बैठकमा मन्त्री बास्कोटाको प्रश्न थियो, ‘अब मिडिया काउन्सिलले वर्षभरि पत्रकारको परीक्षा लिने हो कि ? एउटा पत्रकारले मेरो परीक्षा लिनु भनेपछि लिने हो कि ?’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार