असार २९, २०८२ आइतबार July 13, 2025

शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाजरकाेटको नलगाड नगरपालिकाकाे उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ ।

स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको छ ।

नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

नलगाड नगरपालिका-२ घर भएका खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुन् । उनले राजीनामा पत्र बुझाए पनि उनकी श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत हुन सकेकाे छैन ।

खत्रीले १२ वैशाखमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा राजीनामा पत्र लगेका थिए । तर श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको निर्वाचन कार्यालयले जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार