कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेपालमा तीन महिनामै भित्रियो १५ अर्ब अन्तर्राष्ट्रिय सहायता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चालू आर्थिक वर्ष २०७८/०७९ को माघदेखि चैत महिनासम्ममा १५ अर्ब २२ करोड अन्तर्राष्ट्रिय आर्थिक सहायता नेपाल भित्रिएको छ ।

अनुदानतर्फ २ अर्ब ६१ करोड र ऋणतर्फ १२ अर्ब ६१ करोड गरी जम्मा १५ अर्ब २२ करोड अन्तर्राष्ट्रियआर्थिक सहायता प्रतिबद्वता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गत तीन महिनामा भित्रिएको रकममा माघ ११ गते ऋणतर्फ जापान सरकारबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋणको प्रतिबद्धता पनि समावेश छ । त्यस्तै, फागुन १६ गते विश्व बैंकबाट स्वास्थ्य क्षेत्रअन्तर्गत कोभिड प्रतिकार्यका लागि २ अर्ब १४ करोड ऋण रकम सहायताको प्रतिबद्धता प्राप्त भएको छ ।

फागुन २६ गते जापान सरकारबाट वाटर सप्लाई क्षेत्रअन्तर्गत विराटनगरस्थित वाटर सप्लाई इन्भेष्टमेन्ट प्रोजेक्टका लागि २ अर्ब ६१ करोड अनुदान रकम सहायताको प्रतिबद्धता प्राप्त भएको छ ।

चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा अनुदानतर्फ ९ अर्ब ४६ करोड २६ लाख र ऋणतर्फ १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख गरी जम्मा १ खर्ब २६ अर्ब ७ करोड २४ लाख अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार