कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेपाल इको प्यानलको मूल्य घटाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल इको प्यानलद्वारा उत्पादित प्यानल बोर्डको मूल्य प्रति वर्गफिट २५ रुपैयाँंले घटाइएको छ । प्रति वर्गफिट दुई सय २५ रुपैयाँं रहेको प्यानल बोर्डको मूल्य घटाएर दुई सय रुपैयाँंमा सिमित गरिएको हो ।

अत्याधिक मागसँंगै धेरै विक्री हुन थालेपछि मूल्य घटाएर दिन सम्भब भएको इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।

साथै कम्पनीले ६ सय वर्गफिट भन्दा माथि खरिद गर्नेहरुका लागि काठमाडौं उपत्यकामा निःशुल्क ढुवानीको पनि व्यवस्था गरेको छ । साथसाथै निर्माणस्थलमा पुग्दा टुटफुट भएमा साटिने व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ ।

यो ७० वर्ष ग्यारेन्टी भएको प्यानल हो । च्यानलमा अथवा विना च्यानलमा सजिलै जडान गर्ने मिल्नु यसको विशेषता रहेको छ ।

इको प्यानल स्थायी अथवा अस्थायी संरचनामा भित्री तथा बाहिर पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । भूकम्पप्रतिरोधी, हलुका हुनु, तीव्र निर्माणलगायतका विशेष विशषताका कारण पछिल्ला वर्षहरुमा यसको माग देशभरि नै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार