असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपा र राप्रपा संयुक्तबीच एकीकरणका लागि छलफल तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी संयुक्तबीच पार्टी एकीकरणका लागि छलफल तीव्र भएको छ।

दुई वर्षअघि फुटेका यी दुई पार्टीबीच लामो समयदेखि एकताको चर्चा चलिरहे पनि हुन सकेको छैन। हाल शीर्ष नेताहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहेको छ।

केन्द्रीय समितिमा राप्रपाले ५५ प्रतिशत र राप्रपा संयुक्तले ४५ प्रतिशत हिस्सा पाउने, थापा, राणा र लोहनी तीनै जना अध्यक्ष रहनेजस्ता विषयमा पनि छलफल भइरहेको छ।

‘एकताको केही मोडालिटी तयार गरेर शीर्ष तहमा छलफल भएको सत्य हो,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘नेताहरुबीचको कुराकानी अहिले सकारात्मक ढंगले अघि बढेको छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार