असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा बैठकमा समूहगत छलफलका सुझाव प्रस्तुत हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा उठेका विषय टोली नेताहरुले शुक्रबार प्रस्तुत गर्दैछन् । राष्ट्रियसभागृहमा जारी केन्द्रीय कमिटी बैठकमा १५ वटा टोली नेताले रिपोर्टिङ गर्नेछन् ।

यसअघि बिहीबार समूहगत छलफल नटुंगिएपछि कतिपय समूहको छलफल शुक्रबार पनि चलेको छ । समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुने बताइएको छ ।

नेकपा बैठकमा एमसीसी एजेण्डा नरहे पनि अधिकांश सदस्यले यसबारेमा बिभिन्न प्रश्न उठाएपछि विज्ञ सम्मिलित अध्ययन कार्यदल गठन गरेर टुंगो लगाउन सुझाव दिइएको छ । बैठकले छोटो समय दिएर अध्ययन कार्यदल बनाउने सम्भावना रहेको बताइएको छ ।

केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न र गुनासाका जवाफ अध्यक्षले दिनेछन् । बैठक शुरुवातको दिन उपस्थित भएर २ घण्टा सम्बोधन गरेका प्रधानमन्त्री तथा अध्यक्ष ओली भने अबका बैठकमा सहभागी नहुने सम्भावना छ ।

माघ १५ बाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म चल्नेछ । बैठकले पार्टीको महाधिवेशनको मिति तोक्नेछ भने पोलिटव्यूरो कमिटी गठनका लागि पनि समूहगत छलफलबाट सुझाव दिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार