कार्तिक २८, २०८३ शनिबार November 14, 2026

हावाहुरी, असिना–पानीले किसानका बालीमा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पुर्याएको छ । मकै, स्याउ र बेमौसमी तरकारीबालीमा हावाहुरी, असिना–पानीले क्षति पु¥याएको हो ।

भर्खरै उम्रिँदै गरेका र बढ्न थालेका मकै हावाहुरीसहितको असिना–पानीले नष्ट गरेको खाँडाचक्र नगरपालिका–२ का किसान अनिपाल विकले बताउनुभयो । “मकैका हुर्किसकेका बिरुवा र उम्रिँदै गरेका बिरुवामा असर पु¥याएको छ”, उहाँले भन्नुभयो, “पुनः हामीले मकैबाली लगाउने तयारी गरेका छौँ ।”

किसानले लगाएको बेमौसमी तरकारी तथा अन्नबालीमा क्षति पु¥याएको र यसले किसान मारमा परेको सोही वडाका हजुरा विष्टले बताउनुभयो । “मेलै एउटा खेत पूरै प्याज तथा अन्य बेमौसमी तरकारी खेती गरेको थिए”, उहाँले भन्नुभयो, “हावाहुरी, असिना पानीका कारणले दुई लाखभन्दा बढीको क्षति भएको छ ।”

जिल्लाभर आएको हावाहुरी तथा असिना–पानीले स्याउखेतीमा पनि असर गरेको तिलागुफा नगरपालिका–१ का किसान राजबहादुर बुढाले बताउनुभयो । “स्याउका बोटमा भर्खर चिचिला लाग्दै थिए, हावाहुरीसहित आएको असिना पानीले ती सबै चिचिलाहरू झारेको छ”, उहाँले भन्नुभयो ।

स्याउ उत्पादनका लागि यो मौसममा पानी पर्दा उपयुक्त हुने र हावाहुरी असिना पर्दा उत्पादनमा कमी आउने रास्कोट नगरपालिका–९ का नवराज रोकायाले बताउनुभयो । कालीकोटका तिलागुफा नगर र रास्कोट नगर स्याउ–क्षेत्र हुन् । खाँडाचक्र नगरलाई तरकारी पकेट क्षेत्र र नरहरिनाथ गाउँपालिकालाई मकै पकेट क्षेत्रका रूपमा जिल्ला कृषि विकास कार्यालयले घोषणा गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार