असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा केन्द्रीय कमिटी बैठकमा घण्टी बजाउने जिम्मा महासचिव पौडेललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बुधबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समय जनाउको घण्टी बजाउने जिम्मा महासचिव विष्णु पौडेलले पाएका छन्।
नेकपाले छलफलका लागि केन्द्रीय सदस्यहरुलाई १५ समूहका विभाजन गरेको थियो। समूहका टोली नेतालाई रिपोर्ट प्रस्तुत गर्न २० मिनेट समय उपलब्ध गराइएको छ। उक्त समय पूरा भएपछि घण्टी बजाउने कामको जिम्मा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली निकट पौडेललाई दिइएको हो।

अहिले नेकपाका तीन आयोग निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ नागरिकका प्रमुखले आफ्नो धारणा राखिरहेका छन्। उनीहरुलाई १० मिनेट समय उपलब्ध गराइएको छ। त्यसपछि नेकपा सचिवालय सदस्यहरुले बोल्ने कार्यसूची छ।

बुधबारदेखि सुरु भएको बैठक सम्भवतः आइतबार सकिने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार