कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्से परिसूचक निरन्तर ओरालो, एक अर्ब २९ करोडको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.८२ अङ्कले ओरालो लागेर दुई हजार २२३.७८ मा ओर्लेको छ ।

यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० अङ्कले ओरालो लागेर ४३३.०७ अङ्कमा ओर्लिएको छ । कूल २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर रु एक अर्ब २९ करोड ८९ लाख पाँच हजार ५९० बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह बाहेक अरू सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन २.४ अङ्कले उकालो लाग्यो । त्यस्तै, बैङ्किङ ६.०८, व्यापार १३.१५, विकास बैङ्क ३७.५४, जलविद्युत् २९.७३, २९.७३, वित्त २२.३६, निर्जीवन बिमा ६८.४६, उत्पादन ३७.८१, अन्य २९.९८, लघुवित्त २०.७५, जीवन बिमा ७८.८१, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा प्रभु बैङ्कको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा रह्यो । सो बैङ्कको रु १७ करोड ६० लाख ७५ हजार बराबरको कारोबार भयो । मेगा बैङ्क रु नौ करोड ८२ लाख ४० हजार ६६४, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ६२ लाख ४७ हजार ४७९, अरुण काबेली पावर रु तीन करोड ८२ लाख २५ हजार ५६२ र नबिल बैङ्क रु तीन करोड ५७ लाख ३९ हजार १६२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ६।१३, नारायणी डेभलपमेन्ट बैङ्क ५.३१, उपकार लघुवित्त ४.०४, युनाइटेड इर्दी मर्दी ४.०१ र मेगा म्युचुअल फण्ड एकका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ३.७५, हिमाल दोलखा हाइड्रोपावर ३.७४, कर्णाली डेभलपमेन्ट बैङ्क ३.६५, माथिल्लो तामाकोशी हाइड्रोपावर ३.२१ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार