असार २५, २०८२ बुधबार July 9, 2025

एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्छ : शेखर कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीका बुँदा सच्याएरै भए पनि अनुदान लिनुपर्ने बताएका छन् । एमसीसी विवाद तन्किँदै गएकाले यसलाई छिट्टै टुंग्याउन पनि उनले सरकारसँग माग गरेका छन ।

‘अहिले बजार हल्ला एकातिर र एमसीसी अर्कोतिर छ,’ नेता कोइरालाले भने, ‘एमसीसीमा केही सच्याउनु पर्ने विषय छन् भने अमेरिकासँग छलफल गरेर टुंग्याउनु पर्छ । तर अनुदान भने लिनुपर्छ ।’

एमसीसी अनुदानमा सैन्य रणनीति जोडिएको कतिपयले बताइरहेका बेला कोइरालाले भने चर्चा गरिएजस्तो सैन्य रणनीति नरहेको बताएका छन ।

प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा नेपाल बीआरआईमा गएको र एमसीसी सम्झौता पनि पनि कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुँदा भएको उनले प्रष्ट पारेका छन । ‘पढौं, सच्याऊ । अमेरिका सरकारसँग छलफल गरौं र अनुदान लिऔं,’उनले दोहोर्याए ।

एमसीसी विवादमा अमेरिकी दूतावासको भूमिकाले पनि केही हदसम्म काम गरेको उनले बताएका छन । उनले भने, ‘पहिले इन्डोप्यासिफिक भाग जस्तै भन्यो, अहिले होइन भन्यो । यसले केही विवाद पक्कै सिर्जना गरेको छ ।’

एमसीसीमा केही स्वार्थ भए पनि यसलाई नेपालको हितमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले कार्यकर्ताको भावनाअनुसार आगामी महाधिवेशनमा आफू अघि बढ्ने बताएका छन । त्यसका लागि जिल्ला जिल्ललामा राय सुझाव संकलन गरिरहेको उनले जानकारी दिएका छन । ‘कोइराला परिवारले मात्रै कांग्रेस धान्ने होइन होला । कार्यकर्ताको भावनाअनुरूप अगाडि बढ्ने सोचमा छु,’ उनले भने ।

नेता कोइरालाले सरकारमा बहुमतको दम्भ देखिएको र संघीयताकै मर्मविपरीत अघि बढेको आरोप पनि उनले लगाएका छन ।

‘सरकारले सुशासन दिन सकेन, भ्रष्टाचार पनि बढ्दै गएको छ,’, उनले भने, ‘संघीयताको पक्षमा पनि सरकार देखिएन । केन्द्रले नै सबै कुरा लिने भए संघीयता कसका लागि ?’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार