कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल न्यून

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटेल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।

हिमाल आरोहणको समेत सिजन भएकाले सबैभन्दा बढी पर्यटकको आवागमन हुने यस सिजन सकिन लाग्दा खुम्बु क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटनको मध्य ‘सिजन’मा एकै पटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ परेका यहाँका होटेल व्यवसायीहरूलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटेल व्यवसायी याङजी शेर्पाले बताउनुभयो ।

‘सिजन’मा आवतजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । सिजन सकिएसँगै यतिखेर खुम्बुवासी पूजापाठमा व्यस्त रहेको उनको भनाइ छ ।

यस क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन व्यवसाय भएकाले ‘सिजन’ सकिएसँगै उनीहरू फुर्सदिला बनेका हुन् ।

‘सिजन’मा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषता जस्तै बनेको छ । खुम्बु क्षेत्रमा अङ्ग्रेजी महिनाको मार्च दोस्रो साताबाट सुरु हुने पर्यटकीय ‘सिजन’ मे अन्तिम साताबाट कम हुँदै जाने स्थानीय बताउँछन् ।

‘सिजन’मा दैनिक सात सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक नगण्य मात्रामा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय बताउनुभयो ।

पर्यटकको आवागमन न्यून भएसँगै निकुञ्ज चेकपोस्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार