मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

महोत्तरीको एकडरामा नसर्ने रोगको निःशुल्क स्क्रेनिङ्ग शिविर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नसर्ने रोगका कारणले सर्वसाधारणको मृत्यु हुने मात्रामा वृद्धि भएपछि मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले रोग पत्ता लगाउन महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा स्क्रेनिङ्ग तथा जनचेतना मूलक निःशुल्क शिविरको आयोजना गरेको छ ।

भोलिसम्म चल्ने शिविरको मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्दै नसर्ने रोग पत्ता लगाउन शिविरको आयोजना गरे पनि दीर्घकालका लागि रोग पत्ता लगाउन मधेस प्रदेशका हरेक गाउँपालिकाको प्रत्येक वडामा एक जना हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सको दरबन्दी सृजना गर्न लागेको बताउनुभयो ।

उहाँले महोत्तरी जिल्लाको जलेश्वर अस्पताललाई पचास शय्याको अस्पतालमा प्रदेश सरकारले स्तरोन्नति गरेको बताउँदै क्यान्सर तथा किड्नीका रोगीलाई १ लाख प्रदान गरेको सङ्घ सरकारको उपचार खर्चमा प्रदेश सरकारले पनि त्यतिकै मात्रामा रकम थप गरेर सेवा प्रदान गर्नका लागि बजेट व्यवस्था गर्न लागेको बताउनुभयो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले वर्तमान संविधानमा हरेक नागरिकलाई स्वास्थ्य उपचार हक मौलिक हकमा समेटिएको बताउँदै नसर्ने रोगका कारणले भइरहेको मृत्युलाई घटाउनका लागि स्वस्थ खानपान तथा आहार व्यवहार अपनाउन सबैमा आग्रह गर्नुभयो ।

मधेस स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले नसर्ने रोग अहिले भयावह रुपमा बढी रहेको बताउँदै स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार ४ जनाको मृत्युमा नसर्ने रोगका कारणले ३ जनाको मृत्यु हुने गरेको बताउनुभयो ।

एकडरा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष महजवि खातुन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्र, वडा नंं २ का वडाध्यक्ष सखीचन्द यादव सहितका वक्ताहरूले शिविर निक्कै महत्त्वपूर्ण भएको बताउनुभयो ।

शिविरमा नसर्ने रोडका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पाँच गर्ने मेसिन सहित पुग्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु
२०८३ मंग्सिर ७, सोमबार
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार