असार २५, २०८२ बुधबार July 9, 2025

माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठक खुमलटारमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पूर्व स्थायी समिति सदस्यहरूको बैठक खुमलटारमा जारी छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गर्न लागिएको हो । माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो।

८ औं महाधिवेशन सकेको माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी टुंग्याउन सकेको छैन। शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज बिहान साढे ८ बजेसम्मका लागि सरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया