असार २३, २०८२ सोमबार July 7, 2025

यातायात कार्यालयका अधिकृत घुससहित पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले १३ हजार घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो । सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले घुस दिने दीपक खतिवडाले समेत नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया