काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन् ।
उनले कुनैपनि बेला कम्युनिस्ट पार्टी एक हुनसक्ने देखेपछि वृहत लोकतान्त्रिक एकताको विकल्प अहिले नै तयार गरिराख्न लोसपालाई पनि समेट्न खोजेको स्रोत बताउँछ ।
देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई शनिबार भेटेका थिए । स्रोतका अनुसार देउवाले लोसपालाई उपसभामुखसहित २ मन्त्री दिने प्रस्ताव गरेका थिए । जवाफमा ठाकुरले वृहत लोकतान्त्रिक एकतामा जानुपर्नेमा जोड दिएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया