असार २५, २०८२ बुधबार July 9, 2025

जिसस बैतडीमा कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै प्यानल विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ ।

नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा  नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो ।

मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवरले १० मत प्राप्त गर्दा  प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी)ले आठ मत प्राप्त गर्नुभयो । उपप्रमुखका दुई मत बदर भएको थियो ।

समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादीका प्रेमसिंह भाट विजयी हुनुभएको छ ।

तीन महिला सदस्यमा नेपाली कांग्रेसका दुई  नेपाली तथा माओवादीका एक सदस्य विजयी हुनुभयो । एक जना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई आज जिल्ला न्यायधीश तिलकबहादुर कार्कीले प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनहुनेछ ।

दश स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसँग १२ मतभार थियो भने एमालेसँग आठ मतभार थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया