असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा विप्लवद्वारा जनसंघर्षको कार्यक्रम घोषणा (विज्ञप्ति सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दीर्धकालिन मुद्धालाई लिएर जनसंघर्षको घोषणा गरेको छ ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक बिज्ञप्ति जारी गर्दै जनसंघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दिर्धकालिन मुद्धालाई लिएर संघर्ष गर्नुको विकल्प नेपाली जनताका अगाडी रहेन ।

तसर्थ देश माथीको अमेरिकी साम्राज्यवादी हस्तक्षेप, MCC सम्झौता, भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पीनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध हाम्रो पार्टी निम्न जनसंघर्षका कार्यक्रमहरु घोषणा गर्दछ ।

घोषित जनसंघर्षका कार्यक्रमलाई सक्रिय सहभागिताका साथ सफल पार्न आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

नेकपाद्वारा घोषित संघर्षका कार्यक्रममा जेठ २५ गते राजमार्ग, काठमाण्डौँ उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन , जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शन, जेठ ३० गते MCC का कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घरोउ गर्ने ,असार २ गते राजवन्दी रिहाईको पक्षमा देशव्यापी मशाल जुलुस र असार ५ गते चर्को महंगी र भाडावृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया