काठमाडौंः त्रिवि परिक्षा नियन्त्रण कार्यालयका प्रमुख परिक्षा नियन्त्रक पुष्पराज जोशीको कार्यकक्षमा तालाबन्दी गरीएको छ । स्नाकोक्तर तहको प्रथम बर्षका विद्यार्थीहरुले कार्यलयले परिक्षा तालिका अप्रत्यासित रुपमा संसोधन गरेको भन्दै प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका हुन् ।
विद्यार्थीका अनुसार २०७९ जेठ २७ गते राजनीतिकशास्त्र–सार्वजनिक प्रशासन, एम.बि.एसको लेखा र एम पिएको रिसर्च मेथोडोलोजी को परिक्षाको तालिका अप्रत्यासित रुपमा बिना जानकारी संसोधन गरेको भन्दै आक्रोसित विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
अप्रत्यासित रुपमा परिक्षा तालिका संसोधन गर्नुका साथै परिक्षा कार्यालयको अनलाईन पोर्टलमा समेत पुरानै मिती परिक्षा तालिका राखीएको कारण आफुहरु परिक्षा दिन बाट बन्चीत हुन पुगेको विद्यार्थीहरुको भनाइ रहेको छ ।
शुरुमा परिक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई भेट गरि यस बिषयमा के कसो भएको हो भनि छलफल गर्न खोज्दा परिक्षा नियन्त्रक जोशी विद्यार्थीको सम्पर्कमा पुग्न भन्दा पनि कार्यालय बाटै भागेको र उहाँ संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको परीक्षा संघर्ष समितीका संयोजक ईन्द्र बहादुर सिंहले बताएका छन् ।
त्रिवि प्राईभेट समुहका परीक्षार्थीहरु उपत्यकाका अधिकांस परीक्षा केन्द्रहरुमा परीक्षा दिन पुग्दा आज हुने परीक्षा हिजो नै दिनेगरी आफुखुशी मिति फेरबदल गरिएको भन्दै सम्पूर्ण संकायका ४ सय भन्दा बढीले बिहान १२ बजेदेखी परीक्षा नियन्त्रण कार्यालयमा पुगेर धर्ना दिनुको साथै नाराबाजी गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया