काठमाण्डौंः तीन वर्षे (स्नातक तह) एल. एल. वी. तेस्रो बर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ को २०७९ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने कानुन सङ्कायका आंशिक परीक्षार्थीहरूका लागी शुक्रबार फाराम खुला गरेको जनाएको हो ।
जारी सुचना अनुसार (स्नातक तह)एल. एल. बि. तेस्रो वर्षका कानुन सङ्काय तर्फका आंशिक परीक्षा दिने परीक्षार्थीहरूले आ-आफ्नो क्याम्पस/कलेजमा मिति २०७९ साल जेठ २७ गतेदेखी असार २६ गतेसम्म नियमित दस्तुर र साधारण म्याद सकिएको एक साता भित्र दोब्बर दस्तुर तिरी परीक्षा आवेदन फारम भरी बुझाउन सकिने जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया