असार २९, २०८२ आइतबार July 13, 2025

प्रारम्भिक कक्षा पठन गणित सिप परीक्षण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दैलेखको ठाटीकाँध गाउँपालिकामा प्रारम्भिक कक्षा पठन गणित सिप परीक्षण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । सोसेक नेपालद्वारा आयोजित अभिमुखीकरणमा ३३ वटा बाल विकास केन्द्रका शिक्षकहरू सहभागी थिए । गाउँपालिका स्थित प्रारम्भिक तहका शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पठन गणित सिप सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

३३ वटा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूको सहभागिता

ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरीय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । परियोजना अन्तर्गत आयोजित अभिमुखीकरणमा ३३ वटा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणकोे सहजीकरण एलिजा तुलाधरले गरेको परियोजना संयोजक जीवराज रेग्मीले जानकारी दिए ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापाले विद्यालयको प्रारम्भिक कक्षामा अध्ययनरत बाल बालिकाको पठन सिप क्षमताको परीक्षण गरी सिप बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए । अभिमुखीकरणमा सहभागी शिक्षकहरूले उत्साहित भएका छन् । उनीहरूले विद्यालयमा गएर परीक्षण गरी नतिजा विश्लेषण गर्ने र त्यसकै आधारमा योजना बनाई क्षमता बढाउन प्रतिबद्धता समेत जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार