असार २९, २०८२ आइतबार July 13, 2025

यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को-अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौँले शिक्षक काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ का ५१ वर्षीय राजनकुमार पौडेल र कलेजका कोर्ष को-अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१ स्थायी ठेगाना भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-८ बस्‍ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूविरूद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरूविरूद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया