असार २२, २०८२ आइतबार July 6, 2025

अमेरिकी राष्ट्रपतिले पाए महाभियोगबाट उन्मुक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगबाट उन्मुक्ति पाएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा भएको मतदानबाट उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी सफाइ पाएका हुन्।

बीबीसीका अनुसार बुधबार भएको मतदानबाट उनीविरुद्धको महाभियोग खारेज भएको हो।

अब उनी आउँदो नोभेम्बरमा हुने चुनावमा महाभियोग सामना गरेर जाने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्।

शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पका पक्षमा ५२(४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३(४७ मत पाएका थिए।

बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।

डेमोक्र्याटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।

ट्रम्पसमेत गरेर अमेरिकामा अहिलेसम्म तीन राष्ट्रपतिले महाभियोग सामना गरेका छन्।

यसअघि सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्ध महाभियोग लागेको थियो।

तर महाभियोग सिनेटले खारेज गरिदिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार