असार २९, २०८२ आइतबार July 13, 2025

नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा प्रहरीले ललितपुरको थसीखेलबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको इकुडोल गाउँपालिका-७ घर भइ ललितपुर-१३ कुसुन्ती बस्ने ५३ वर्षीय माधवप्रसाद तिमल्सिना रहेका छन्।

तिमल्सिनामाथि नाम, थर मिलेकै कारण शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोग छ। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवाराण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको संचालक पदमा नियुक्तिको लागि लिएको प्रमाणपत्रमा उहाँले कीर्ते गर्नुभएको हो।

उहाँले २०२६ चैत २६ गते जन्म मिति रहेको र रजिष्ट्रेसन नम्बर १४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधवप्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र माधवप्रसाद तिमल्सिनाको त्रि.वि.दर्ता नम्बर १४९१५-८९ पाटन बहुमुखी क्याम्पसको मानविकी स्नातक तह र सामाजशास्त्रको लब्धाङक पत्र कीर्ते गरी राष्ट्रिय सहकारी विकास बोर्डमा २०७८ चैत ६ गते निवेदन पेश गर्नुभएको थियो।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई लिखतसम्बन्धी कसूरमा तिमल्सिनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया