असार २९, २०८२ आइतबार July 13, 2025

त्रिवि केन्द्रीय कर्मचारी संघको निर्वाचनमा प्रगतिशिल समुहको क्लिन स्वीप (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै त्रिभुवन विश्व विद्यालय केन्द्रीय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् ।

कार्की आफ्नो प्यानलसहित प्रगतिशिल समुहको तर्फबाट अध्यक्षमा निर्वाचिन भएका हुन् ।

यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा प्रगतिशील समुहकै भुपेन्द्र लामा, उपाध्यक्षहरुमा पुष्कर खनाल, विजय कुशवाह, रवि लोचन श्रेष्ठ, प्रजापति पराजुली, माधव ज्ञवाली, ईश्वरी रेग्मी र मिङमा दोर्जे शेर्पा विजयी भएका छन् ।

संघको महासचिवमा सृजना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया