असार २९, २०८२ आइतबार July 13, 2025

विद्यार्थीलाई कुटपिट गर्ने विद्यालयका सञ्चालकमाथि कारबाहीकाे माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विद्यार्थीमाथि कुटपिट गर्ने भरत बाबा स्कुलका सञ्चालकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय बारामा उजुरी परेको छ ।

बाराको देवताल गाउँपालिका-७ का हाल कलैया उपमहानगरपालिका-५ बस्दै आएका वर्ष ४० का सञ्जिव यादवले विद्यालयको कक्षा १० मा अध्ययनरत  विवेक यादवलाई कुटपिट गरी यातना दिएको भन्दै बोर्डिङ स्कुल सञ्चालक रविन थापामाथि कारबाही माग गरेका छन् ।

विद्यालयमा अध्ययनरत विवेक र सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत काजल यादवसँग चर्को मांसिक शुल्क लिई अन्य अभिभाकसँग समेत विभिन्न शुल्कको नाममा विद्यालय सञ्चालक थापाले ठगी धन्दा चलाएको पनि उजुरी पत्रमा उल्लेख छ ।

विद्यालयले कक्षा १० मा अध्ययनरत विद्यार्थीसँग प्रत्येक महिना पाँच हजार र वार्षिक शुल्कको नाममा तीन हजार गरी आठ हजार लिएको सञ्जिव यादवले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया