असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। शुक्रबार सवा एक बजे बसेको संसद बैठकमा कांग्रेसले उठेर विरोध जनाएपछि आधा घन्टाका लागि स्थगित भएको थियो।

आधा घन्टाका लागि स्थगित बैठक फेरि बस्दै नबसी आगामी आइतबारसम्मका लागि स्थगित भएको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिएका छन। सचिवालयले सूचना प्रकाशित गरी आइतबार (माघ २६ गते) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो।

त्यसअघि बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले बालुवाटारमा रहेको ललितानिवासको जग्गा अनियमितता प्रकरणमा अख्तियारले आफ्नै अधिकार दुरुपयोग गरेको आरोप लगाएका थिए। सांसद विश्वकर्माले अख्तियारले कसुरदारलाई उन्मुक्ति दिएर निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लगाएका थिए। उनले अख्तियार सरकारको छायामा परेको आरोप पनि थिए । सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएर कांग्रेसका नेतासहित अन्य सोझासाधालाई मुद्दा लगाएको विश्वकर्माका भनाई थियो।

कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सांसद विश्वकर्माले निर्दोष विजय गच्छदारलाई पक्रिएर सारा अपराधीलाई दिने प्रपञ्च रचिएको आरोप लगाएका थिए। उनले भने, सरकारले नियोजित योजनामा अख्तियारले कांग्रेसका सांसद थुन्ने काम अघि बढाएको छ, अख्तियार सरकारको छाँया भएर सत्तारुढ पक्षकालाई बोक्ने र अरुलाई ठोक्ने कार्य बेठिक छ।’

सोही विषयलाई लिएर हिजोदेखि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

यसअघि शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले शुक्रबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो। गच्छदारमाथि प्रतिशोध साधेर भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै कांग्रेसले विहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो।

बालुवाटारमा रहेको ललिता निवास जग्गा व्यक्तिका नाममा बनाएर खरिदविक्री गर्नेमध्ये १ सय ७५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो छोराका नाममा किनेको जग्गा भने फिर्ता दिने सर्तमा मुद्दा नचलाएको भन्दै कांग्रेस असन्तुष्ट बनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार