काठमाडौं: शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा संशोधन गरेको छ । शिक्षक सेवा आयोगबाट असार ३ गते प्रकाशित विज्ञापन नं. ८/ ७८/ ७९, प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा संशोधन गरेको हो ।
नतिजामा सिरहा जिल्लाबाट कुनै पनि उम्मेदवार सफल नभएको र असार २३ गते अन्तिम नतिजा प्रकाशन गर्दा सप्तरी जिल्लाबाट लिखित परीक्षामा सफल भएका तीनजना उम्मेदवारमध्ये एकजनालाई मात्र सप्तरीमा कायम गरी अन्य दुईजनाको नाम प्राविधिक कारणले सिरहा जिल्लामा योग्यताक्रमसहित तालीकाकरण हुन गएकोले संशोधन गरीएको जनाएको छ ।
त्यसैगरी आयोगले वैकल्पिक उम्मेदवारको नाम पनि सच्याएको छ । सूचना जारी गर्दै निम्न माध्यामिक तह प्रथम श्रेणी शिक्षक पदको ललितपुर जिल्लाको बैकल्पिक उम्मेदवारमा रामप्रसाद बजगाई हुनुपर्नेमा अन्यथा हुन गएकोले बैकल्पिक उम्मेदवारको नाम सच्याएको छ ।
प्रतिक्रिया