कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्से परिसुचक ७७.०१ अंकले घट्यो, २ अर्ब कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसुचक ७७.०१ अंकको घटेकोे छ । आगामी मौद्रिक नीति संघारमा रहेका बेला नेप्से भने ओरालो यात्रामा छ । सोमबार कारोबारको प्रारम्भबाटै ओरालो लागेको बजारमा कुल २२७ कम्पनीको कारोबार भयो ।

यस दिन ४५ हजार १९६ पटक कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुदा कारोबार रकम २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको भएको छ । सबै उपसमूहको सेयर मूल्य घट्दा सबैभन्दा धेरै जलविद्युत, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज सानिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले बढ्यो । बीओके डिभेन्चर, गुडविल फाइनान्स डिभेन्चरको मूल्य समेत धेरै बढ्नेमा रह्यो ।

यस्तै ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । किसान लघुवित्त, ग्लोबल आईएमई समुन्नत, हिमालयन पावरसहितको सेयर मूल्य भने धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार