कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैङ्कको निक्षेप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः तरलताको अभाव रहेको भनिएका बैङ्क तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैङ्कको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको छ ।  गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैङ्कको निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ ।

नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैङ्कको कूल निक्षेप रु ४४ खर्ब रहेकामा असार २४ गतेसम्म रु ४४ खर्ब ९४ अर्ब पुगेको हो । पछिल्लो समय निरन्तररुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ । सङ्घको तथ्याङ्कअनुसार असार पहिलो साता वाणिज्य बैङ्कको निक्षेप सङ्कलन (३ गते) रु ४३ खर्ब ९४ अर्ब, असार दोस्रो साता (१० गते) रु ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) रु ४४ खर्ब ३२ अर्ब रहेको थियो ।

असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाको तुलनामा असारको २४ गतेसम्म रु १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल रु ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैङ्कले असार चौथो सातासम्म कूल रु ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् ।

यस्तै, एक सातामा वाणिज्य बैङ्कको कर्जामा रु दश अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म रु ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म रु ४१ खर्ब ७४ अर्ब पुगेको हो । यस्तै, वाणिज्य बैङ्कको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैङ्कको औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार