असार २३, २०८२ सोमबार July 7, 2025

सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या प्रयास, भान्सामा कामदारको शव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या प्रयास भएको छ । ललितपुर महानगरपालिका–२ सानेपामा रहेको घरमै कार्कीमाथि आक्रमण भएको हो ।

सोमबार बिहान साढे ११ बजे घटना भएको हो । मुना घरको भान्छामा गम्भीर अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि सानेपा स्थित स्टार अस्पताल लगिएको छ ।

यस्तै डाइनिङ्ग टेबलमा उनीहरुको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका छन् । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले जानकारी दिएका छन । घटनास्थलमा पुगेको प्रहरीले अहिले मुचुल्का तयार पारिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया