असार २४, २०८२ मंगलबार July 8, 2025

यौन पार्टनरबाट के चाहन्छन् महिला ?जानी राखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  वयस्क भएपछि यौन चाहना हुनु प्राकृतिक नियम हो । तपाई  किशोर अवस्थाबाट माथि पुगिसक्नु भयो तर, तपाईमा यौन चाहना छैन भने चैं समस्या हो ।

सेक्स वास्तवमा एक सुन्दर अनुभूति हो । चाहे यो पहिलो पटक होस् या नियमित यसले कुनै फरक पर्दैन । महिलाले हाम्रो सामाजिक चेतनाका कारण आफ्नो सेक्स इच्छा बारे खुलेर भन्न सक्दैनन् ।

के तपाईंलाई थाहा छ एक महिला सेक्सको दौरानमा के चाहन्छिन् । यहाँ तपाईंलाई हामी एक महिला सेक्सको दौरानमा के चाहन्छिन् तर भन्न सक्दिनन् भन्ने कुरा बताउने छौं ।

स्पर्शको भाषा

हरेक महिला चाहन्छिन् की उसको पार्टनरले उनलाई निकै प्रेमले स्पर्श गरोस् । यो तरिका अपनाउँदा सेक्सको आनन्दको मात्रा पनि निकै धेरै हुने गर्छ । यदि तपाईं सेक्स पार्टनरको साथमा हुनुहुन्छ भने यो कुरा नभुल्नुहोस् ।

उनको तारिफ गर्न नभुल्नुहोस्

आफ्नै तारिफ सुन्न हरेक मानिस आतुर हुन्छ नै । सेक्सको दौरानमा उनलाई ‘आइ लभ यू’ या त ‘यू आर पर्फेक्ट’ जस्ता शब्दहरुले उनलाई खुसी बनाउने छ । अन्य तरिकाले पनि तपाईंले आफ्नो पार्टनरको तारिफ गर्न सक्नुहुनेछ । उनलाई महसुश गराउनुहोस् की उनी कति सुन्दरी र राम्री छिन् ।

डर्टी टक

सेक्सको दौरानमा डर्टी टक पनि महत्वपूर्ण मानिन्छ । जसलाई महिलाले स्वीकार पनि गर्छिन् । यसले महिलालाई सेक्सको भोक बढाउने काम गर्छ ।

उनी आफैलाई नेतृत्व गर्न दिनुहोस्

सेक्सको दौरानमा उनी आफैलाई नेतृत्व गर्न दिनुहोस् । उनले आफ्नो पुरुष साथीसँग प्रतिस्पर्धा चाहन्छीन् । उनको भावनाको निकै ख्याल गर्नुहोस् । उनका नखराहरूलाई रूचाउनुस् ।

भूमिका

आफ्नो भूमिका बारे महिला निकै आकर्षित हुन्छन् । आफ्नो क्षमताद्वारा उनलाई उचित भूमिका दिनुहोस् । फोर प्लेमा बढि समय दिनुस् । उनका अंगहरू सुम्सुम्याउने, चुम्वन गर्ने कार्यमा बढि सक्रिय रहनुस् ।

फेन्टासी

बेडरुममा उनलाई फेन्टासी पनि मन पर्छ । सेक्समा फेन्टासीको प्रयोगले दुवै जना रमाइलो महसुस गर्छन् । उनको फेन्टासीको बारेमा जरुर बुझ्नुहोस् ।

सेक्सपेरिमेन्ट

सेक्सको दौरानमा फरक–फरकका एक्सपेरिमेन्ट पनि महिलाले मन पराउँछिन् । यो प्रयोगले सेक्सलाई निकै आनन्द बनाउनेछ । नयाँ नयाँ यौन आसन प्रयोग गर्नुस् ।

प्रेम र रोमान्स

एक सुन्दर सेक्स सेसनपछि तपाईंको पार्टनरलाई प्रेमले भरिएको अंकमाल आवश्यक पर्छ । सेक्सपछि जहिल्यै उनलाई प्रेमपूर्वक मुसार्नुहोस् । उनीसँग गफ गर्नुहोस् उनीप्रति कृतज्ञ हुनुहोस् ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया