त्रिकोणात्मक क्रिकेट शृंखलामा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएकाे छ। सन्दीप लामिछानेको घातक बलिङ गरेपछि नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो।
लाछिमानेले छ विकेट लिएपछि अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा पूरा गरेको थियो। लामिछानेले ६ ओभर बलिङ गर्दै १६ रन खर्चेर ६ विकेट लिए।
यसैगरी सुसन भारीले ४ विकेट लिए। नेपालका लागि पारस खड्काले २० र दीपेन्द्रसिंह ऐरीले १५ रन बताए। ३६ रनको झिनो लक्ष्य पछ्याएको नेपालकी ओपनर ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्य रनमा आउट भए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया