काठमाण्डौंः देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको कोरोना परीक्षण गर्दा ५ सय ६८ जनामा कोरोना पुष्टि भएको हो।
अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ५ सय ३४ पुगेको छ भने ९५ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया