असार २३, २०८२ सोमबार July 7, 2025

फरार रहेका दुर्गा प्रसाईं सुटुक्क जिल्ला प्रशासन कार्यालयमा हाजिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मानहानिको मुद्दामा फरार रहेका बी एन्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईं सुटुक्क जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन्।

प्रसाई बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएको जिप्रका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएकी छन।

‘उहाँ (दुर्गा प्रसाईं) बिहीबार जिप्रका भक्तपुरमा हाजिर हुनुभएको हो’, प्रजिअ पाण्डेले भनिन्, ‘बहसपछि उहाँलाई साधारण तारेखमा रिहा गरिएको छ।’

झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको आरोप लगाएका थिए।

प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार रहँदै आएका थिए।

अदालतले पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले मिसिल तयार गरी सरकारी वकिलको कार्यालयमा पठाएपछि प्रसाईं सीडीओ कार्यालयमा उपस्थित भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया