कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको थियो । डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष एवं पूर्ववडाध्यक्ष किरण थापाले मन्दिरमा बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लागेको बताउनुभयो ।

साँझ मन्दिरमा आरतीमा सहभागी हुनसमेत दर्शनार्थीको घुइँचो रहेको भन्दै उहाँले आज मात्रै दिनभरिमा २० हजारभन्दा बढी भक्तजनले डोलेश्वर महादेवको दर्शन गरेको बताउनुभयो ।

दर्शनार्थीको घुइँचो लागेपछि भक्तपुरको जगातिबाट डोलेश्वर महादेव मन्दिर जाने दुई वटा बाटो अवरुद्ध भएको थियो । सवारीसाधनको चाप बढेपछि सडक जाम भएको थियो भने मन्दिरमा दर्शनलाई सहज बनाउन तथा सडक खुलाउन स्वयंसेवक र प्रहरी परिचालन गरिएको थियो ।

त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको थियो । मनको आशा पूरा गर्ने महादेवका रूपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थापाले जानकारी दिनुभयोे ।

डोलेश्वर हँुदै आशापुरी जान र नंखेल काँक्राबारी हँुदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो ।

यता भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको थियो । भक्तपुर काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकदेखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका थिए ।

त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दिकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको थियो भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार
आज सोमबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३०, सोमबार