काठमाडौंः पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जनामा २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा अवधिमा २९९ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा शुन्य जनाको मृत्यु भएको छ । यो सँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ५ हजार १४४ जना सक्रिय सङ्क्रमित छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया