काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकमा पोस्ट हुने हानिकारक सामग्रीको नियमन सक्रिय रुपमा हुने बताएका छन्।
फेसबुक लगायतका सामाजिक सन्जालमा धेरैजसो गलत सूचना सम्प्रेषण हुँदा समाजमा गम्भीर असर पुगेको आरोपबीच जुकरबर्गले हानिकारक सामग्री सक्रिय रुपमा नियमन हुने बताएका हुन्।
जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा जुकरबर्गले गलत सूचनाहरु नियन्त्रण गर्न आफ्नो कम्पनीले सक्दो प्रयास गर्ने बताएका छन।
प्रायोजित राजनीतिक विज्ञापनहरुले धेरैजसो गलत सूचना प्रदान गरेकोमा फेसबुकको आलोचना हुने गरेको छ। यसका साथै विशेष धर्म, जातजातिकोविरुद्धमा पनि फेसबुक प्रयोग हुने गरेको छ।
त्यसबाहेक फेसबुकमा अश्लिल सामग्री, घृणित सामाग्री पनि देख्न सकिन्छ। जुकरबर्गले फेसबुकका सामग्रीलाई नियन्त्रण गर्न विशेष ३५ हजार मानिसहरु खटेको बताएका छन्।
हानिकारक सामग्री प्रदान गर्ने फेक आइडी, पेजहरु दैनिक लाखौं डिलेट भइरहेको जुकरबर्गको भनाइ छ। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया