काठमाडौँ: सिक्लेस हाइड्रोपावरले आइपिओमा आवेदन दिन म्याद लम्बिएको छ। यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्ब्याएर ५ भदौसम्म पुर्याएको हो।
कम्पनीले ६ साउनबाट आयोजना प्रभावित स्थानीयवासीलाई जारी पुँजीको ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको हो।
यसले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २ र ३ का स्थानीयवासीका लागि सेयर खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया