असार ३०, २०८२ सोमबार July 14, 2025

नेकपा (बहुमत) विद्यार्थी संगठनले शिक्षा मन्त्री पौडेलललाइ बुझाए २७ बुदे मागपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः समग्र शैक्षिक रुपान्तरण र नीति निर्माण कार्यान्वयन सहित शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेललाई विद्यार्थीहरुले २७ बुदे मागपत्र बुझाएका छन् । अखिल (क्रान्तिकारी ) नेकपा (बहुमत) विद्यार्थी संगठनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलललाइ विभिन्न २७ बुदे मागपत्र बुझाएका हुन।

विद्यार्थीद्वारा बुझाइएको मागपत्रमा राज्यको कुल बजेटको ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने, संबिधानमा उल्लेख भए बमोजिम माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुनुपर्ने, दैनिक उपभोग्य बस्तु, स्वास्थ्य उपचार, सेवाको क्षेत्रमा विद्यार्थीहरुलाइ ५०% छुट हुनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी देशैभरिका विद्यार्थीहरुको मासिक रुपमा अनिवार्य स्वाथ्य जाँच हुनुपर्ने, देशैभरी बिद्यालयहरुमा नि: शुल्क सेनेटरी प्याड ब्यबस्थापन गर्नुपर्ने, माग समेटिएका छन।

त्यसैगरि मागपत्रमा शिक्षा निजीकरण को अन्त्य, निजि शिक्षण संस्थाले बढाएको शुल्क खारेज, शैक्षामा वैदेशिक लगानी पुर्ण रुपमा बन्द गर्न माग गरेका छन।

मागपत्रमा बिदेशी बिश्वबिद्धालयबाट संचालित कलेजहरुको श्रेणीकरण गरि जथाभावी दिएका सम्बन्धनहरु खारेजि, मापदण्ड बिपरित कलेजहरुको खारेजी गर्दै संचालन मापदण्डमा कडाइ गरिनुपर्ने, भर्ना शुल्कमा नियमन र नियन्त्रण गरि २०% छात्रवृत्ति अनिवार्य गरिनु पर्ने बताएका छन।

बिश्वबिद्धालयमा राजनीतिक भागबन्डाको अन्त्य गरिनुपर्ने भन्दै, उपकुलपति बिश्वबिद्धालय बिश्वबिद्धालय सभाबाट निर्वाचित हुनुपर्ने ब्यवस्थाको माग समेत गरेका छन। त्यसैगरी बिश्वबिद्धालयमा पढाइहुने एकै प्रकृतिका बिषयहरुको शुल्क समेत समान हुनुपर्ने बिग्यप्तिमा उल्लेख गरेका छन् ।

यस्तो छ ज्ञापनपत्रको पूर्णपाठः 

FB_IMG_1659879471165.jpgFB_IMG_1659879473015.jpgFB_IMG_1659879475108.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार