मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

४ हजार ८ सय २९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ५५ संक्रमित, दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभरि आज ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४ हजार ८ सय २९ नमुनाको परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ३ सय २ जना सङ्क्रमणमुक्त भएका छन् ।

आज कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणबाट अहिलेसम्म ११ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ ।

हाल ५ हजार ४ सय ३५ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया