असार ३०, २०८२ सोमबार July 14, 2025

अनेरास्ववियुले त्रिवि तालाबन्दीविरुद्ध संकलित हस्ताक्षर उपकुलपतिलाई बुझायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयमा भइरहेको निरन्तर तालाबन्दीको विरोध गर्दै अनेरास्ववियुले संकलन गरेको हस्ताक्षर उपकुलपतिलाई बुझाएका छन् ।

नेविसंघले सत्ताको आडमा त्रिभुवन विश्वविद्यालयलाई अराजकता र ताला बन्दीको केन्द्रबिन्दु बनाई रहेको भन्दै विरोध स्वरुप अनेरास्ववियुले आईतबार र सोमबार हस्ताक्षर संकलन गरेको थियो ।

हस्ताक्षर कार्यक्रममा १५ सय जनाको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीका अध्यक्ष शम्भु भट्टले बताए । १२ मिटर लामो कपडामा संकलित हस्ताक्षर र अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीको ज्ञापन पत्रसहित त्रिभुवन उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटालाई बुझाएको अध्यक्ष भट्टले बताए । उपकुलपतिसँग कुलपति प्रधानमन्त्री शेरबहादुर देउबालाई बुझाई दिन अनुरोध गरेको बताए ।

‘यदि यो विश्वविद्यालयका कुलपतिले यी पन्ध्र सय आवाज हरुलाई बेवास्ता गरेर अझै पनि विश्वविद्यालयलयलाई गुमराहमा राख्ने चेस्टा गरे अनेरास्ववियु त्रि.वि जिल्ला कमिटी यस्ता गलत प्रवृत्ति भण्डाफोर गर्दै सशक्त आन्दोलमा जाने जानेछौं । यी हस्ताक्षरहरुले बोल्न खोजेको आसय बेवास्ता नगर्न अनुरोध गर्छौं ।’ बुझाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार