असार ३०, २०८२ सोमबार July 14, 2025

त्रिभुवन विश्वविद्यालयमा फेरी लगायो नेविसंघले तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः परीक्षामा लापरवाही गर्नेलाई कारबाही नगरेको भन्दै विद्यार्थीले पुनः त्रिभुवन विश्वविद्यालयमा ताला लगाएका छन् । नेपाल विद्यार्थी सङ्घको अगुवाइमा त्रिविका रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डिन एवं केन्द्रीय लेखा र कर्मचारी प्रशासन महाशाखाको कार्यालयमा ताला लगाइएको हो।

विद्यार्थी संगठनको तालाका कारण विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।  गत असार २७ गते लगाइएका ती ताला खुलाउने विषयमा त्रिवि नेतृत्व र विद्यार्थीबीच संवाद भएको छैन । तालाका कारण विश्वविद्यालयका कर्मचारीलाई तलब वितरण, बजेटअनुसार कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने लगायतका काम प्रभावित भएका छन् ।

यसअघि त्रिविका उपकुलपति, रजिष्ट्रार तथा शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घ र शिक्षकहरूले १४० दिन ताला लगाएका थिए । उक्त तालामध्ये नेविसङ्घले गत जेठ २७ गते र आंशिक शिक्षकले जेठ २९ गते खोलेका थिए ।

तालाबन्दीका कारण कार्यालय छिर्न नपाएपछि रजिष्ट्रार प्राध्यापक डा. पेशल दाहाल कहिले शिक्षाध्यक्षको कार्यालय र कहिले कार्यकारी परिषद्को कार्यालय गएर दैनिक सामान्य काम गर्दै आउनुभएको छ । ताला लागेका अन्य कार्यालयका प्रमुखले पनि दैनिक कार्य सञ्चालन गर्न पाउनुभएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार