काठमाण्डौः आगामी पुस, माघ र फागुनमा शिक्षकको खुला विज्ञापन गर्ने गरी शिक्षक सेवा आयोगले बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
आईतबार सार्वजनिक गरिएको आगामी बर्षको कार्यतालिका अनुसार पुसमा माध्यमिक तहको, माघमा निम्न माध्यमिक तहको र फागुनमा प्राथमिक तहको शिक्षकको खुला विज्ञापन गरिने छ ।
उल्लेखित तीनै तहको सामान्य परीक्षा भने क्रमशः फागुन चैत र बैशाखमा हुने कार्यतालिका छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया