कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका  साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ ।

कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ ।

सञ्चय कोष शाखा कार्यालयका प्रमुख धु्रव तिवारीले आर्थिक वर्ष २०७८/७९ मा एक हजार तीन सय ७९  सञ्चयकर्तालाई रु त्रिचालीस करोड नब्बे लाख अठासी हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताउनुभयो ।

त्यसैगरी दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरुप रु ५४ करोड ५६ लाख प्रदान गरिएको उहाँको भनाइ थियो ।“

बैंकहरुले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चयकोषबाट कर्जा लिनेको सङ्ख्या  बढ्दै गएको छ ।” प्रमुख तिवारीले भन्नुभयो,“सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि कोषले ल्याउने गरेको छ ।”

धितोमा आधारित कर्जा प्रवाहका लागि दायरा विस्तार कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका विभिन्न स्थानको स्थलगत अध्ययन गरी स्वीकृतिको लागि सञ्चयकर्ता कर्जा विभागमा प्रतिवेदन पठाइएको उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा २०६१ सालमा कोषको शाखा कार्यालय सञ्चालनमा आएयता यहाँका कर्मचारीले कोषको कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यतासमेत हटेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा सञ्चयकर्ताको सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार खर्चबापत कोषले एक हजार ५८३ सञ्चयकर्तालाई रु एक करोड १८ लाख भुक्तानी गरिएको छ ।

कोषले काजकिरिया अनुदान भुक्तानीबापत ५३ सञ्चयकर्ताको हकवालालाई रु एक्काइस लाख बीस हजार, दुर्घटना क्षतिपूर्तिबापत २८ सञ्चयकर्ताको हकवालालाई रु छपन्न लाख तथा कर्मचारी कल्याण योजनाबापत १३ सञ्चयकर्ताको हकवालालाई रु उन्नाइस लाख ५० हजार भुक्तानी गरेको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा घर सापटीतर्फ एक सय ८९ सञ्चयकर्तालाई रु त्रिचालीस करोड छैसठ्ठी लाख, घरमर्मत सापटीतर्फ ४३ सञ्चयकर्तालाई रु सात करोड त्रिपन्न  लाख, शैक्षिक सापटीतर्फ एक जनालाई रु नौ लाख ६९ हजार भुक्तानी गरिएको छ ।

जग्गा खरिद सापटीतर्फ १५सञ्चयकर्तालाई रु दुई करोड प्रवाह गरिएको छ । “ धितोमा आधारित कर्जा लिने ऋणीबाट साँवा ब्याज गरी रु अठार करोड एकचालीस लाख ८३ हजार असूल भएको छ ।”

शाखा प्रमुख तिवारीले भन्नुभयो,“केवाइसी अद्यावधिकको काम पनि चलिरहेको छ ।”गत वर्ष मात्रै चार हजार छ सय उनासी सञ्चयकर्ताको व्यक्तिगत केवाइसी विवरण अद्यावधिक गरिएको कोषले जनाएको छ ।

केवाइसी विवरण अद्यावधिक गर्न शाखाबाट कञ्चनपुर, कैलाली र  डोटीका विभिन्न कार्यालयमा कर्मचारी खटाइएको थियो । यस अवधिमा शाखा कार्यालयले कोषबाट प्रदान हुने सेवा सुविधा तथा केवाइसी सम्बन्धमा दार्चुला, बझाङ तथा कञ्चनपुर जिल्लामा चार पटक  अन्तक्र्रिया गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार