मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभर आज थप ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कूल ६ हजार ६ सय ४३ नमूनाको परिक्षण गर्दा ४ सय ५ जना पीसिआर र २ सय ५३ जना एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।

आज संक्रमित ४ सय ५६ निको भएका छन् भने संक्रमित एक जनाको मृत्यु भएको छ ।

हाल ४ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् भने आज ३८ हजार १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया