असार ३०, २०८२ सोमबार July 14, 2025

पद्मकन्या क्याम्पसको स्नातक सार्वजनिक सेवा र शासन (BPSG) तहमा विद्यार्थी आकर्षण बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पद्मकन्या बहुमुखी क्याम्पसले नेपालमा पहिलोपटक महिला विद्यार्थीहरु (छात्रा)का लागी लोकसेवा आयोगको पाठ्यक्रममा आधारित चार बर्षे शैक्षिक कार्यक्रम BPSG को लागी भर्ना खुल्ला गरेको छ । नेपाल सरकारको प्रशासन एवं सार्बजनिक सेवा प्रवेश तथा दैनिक कामकाजमा आवश्यक पर्ने विषय समेटिएको स्नातक तह सार्वजनिक सेवा र शासन (BPSG) विपिएसजी कार्यक्रममा भर्ना खुल्ला भएसँगै विद्यार्थीको आकर्षण बढेको छ ।

नेपालको शिक्षा प्रणाली व्यवहारिक भएन भन्ने बहस चलिरहेका वेला काठमाडौंको वागवजारमा अवस्थित पद्मकन्या क्याम्पसले चार बर्षे व्याचलर इन पब्लिक सर्भिस एण्ड गभर्नेन्स (विपिएसजी) कार्यक्रम संचालन गरेको हो । यस कार्यक्रमले महिलाहरुलाई सार्बजनिक सेवा प्रवेशमा सहजता पुर्याउने, सेवा प्रवेश पश्चात दैनिक कामकाजमा सहजता पुर्याउने तथा महिलाहरुलाई सार्बजनिक सेवा प्रवेशमा प्रोत्साहन गर्ने भएकाले यस प्रति विद्यार्थीहरुको अकर्षण बढेको क्याम्पसका सहायक प्रमुख एवं विपिएसजी कार्यक्रमका निर्देशक उपप्राध्यापक राजु मल्लले बताउनुभयो ।  ‘सार्बजनिक सेवाको क्षेत्रमा महिलाको सहभागिता न्यून रहेकोमा आ.व. २०७६/०७७ वाट आरम्भ भएको यो कार्यक्रमले महिला सहभागिता बढाउन महत्वपूर्ण आधार तयार पार्नेछ ।’

त्रिभुवन विश्वविद्यालयबाट प्राज्ञिक स्वायत्तता प्राप्त गरी आफ्नो छुट्टै कार्यक्रमका रूपमा सञ्चालित विपिएसजी लोकसेवाबाट सञ्चालन हुने विभिन्न सेवामुखी पेसामा प्रवेश गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । नेपालमै पहिलोपटक नेपालकै पहिलो महिला क्याम्पसले सञ्चालन गरेको विपिएसजी कार्यक्रम लोकसेवाका विभिन्न परीक्षामा प्रवेश गर्न सहज हुने गरी तयार पारिएको नेपालकै एक मात्र कार्यक्रम हो ।

BPSG कार्यक्रम प्रत्येक विद्यार्थी भित्रको क्षमतालाई बाहिर ल्याउन र उचित मार्गदर्शन प्रदान गर्न तथा उनीहरूको क्षमतालाई उनीहरूले क्याम्पस छोडेपछि उनीहरूले कुनै पनि चुनौती सामना गर्न सक्षम भविष्यका पेशेवरहरू बनाउन सदुपयोग गर्न सकून् भन्ने उद्यश्यले BPSG कार्यक्रमको शुरुवात गरिएको उपप्राध्यापक राजु मल्लले बताउनुभयो ।

छात्राहरुको सञ्चार कौशल, आलोचनात्मक सोच क्षमता, नैतिक मूल्यहरू, र जिम्मेवारीको भावना सुधार गर्न यो विषयले मद्धत प्रदान गर्नेमा आफु आशाबादी रहेको प्राध्यापक मल्लको दाबी छ । विद्यार्थीहरूको रचनात्मकता र समस्या समाधान गर्ने क्षमतामा सुधार गर्न सबै प्रयासहरू गरिन्छ ताकि उनीहरूले समाज र देशको लागि आफ्नो उत्कृष्ट योगदान दिन सकून् । हाम्रो प्राथमिक लक्ष्य यस कार्यक्रमलाई राष्ट्र र जहाजमा आवश्यक पर्ने सबैभन्दा प्रख्यात र उत्कृष्ट शैक्षिक र व्यावसायिक बनाउनु हो ।

पद्मकन्या बहुमुखी क्याम्पसको BPSG कार्यक्रममा उच्च दक्ष, अनुभवी र समर्पित संकायहरूको टोली रहेको छ, जसले आफ्नो समय शिक्षणमा मात्र नभई विद्यार्थीहरूको समग्र विकासमा पनि समर्पित गर्दछ । यसबाहेक, अन्य प्रख्यात संस्थानहरूका संकाय सदस्यहरू र विशेषज्ञहरूलाई पाठ्यक्रमभन्दा बाहिरको अध्ययनलाई बढाउन मद्दत गर्न अतिथि व्याख्याताहरू प्रदान गर्न आमन्त्रित गरिएको प्राध्यापक मल्ले बताउनुभयो । हामी विश्वस्त छौं कि यस कार्यक्रमबाट उत्तीर्ण भएका विद्यार्थीहरू प्राविधिक रूपमा सक्षम, आत्मविश्वासी र राम्रो नेतृत्व क्षमता भएका हुनेछन्।

पद्मकन्या बहुमुखी क्याम्पसले चार बर्षे शैक्षिक कार्यक्रम BPSG को भर्ना खुल्ला गरेको सूचनाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार