बैसाख २२, २०८३ मंगलबार May 5, 2026

‘भारतीय सेनामा गोर्खा भर्तीबारे नेपालले पुनर्विचार गर्नुपर्छ’ – प्रदिप ज्ञवाली (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारत सरकारले भारतीय गोर्खा सैनिक’अग्निपथ’ भर्नाको विषयमा सरकारलाई पत्र पठाएको छ । भारत सरकारले गोर्खा सैनिक भर्नामा अग्निपथ योजना अघि सारेको विषयमा एमालेको धारणा के हो ?

यस विषयमा सरकारले हामीसँग कुनै परामर्श गरेको छैन । त्यसैले यस विषयमा नेपालको पोजिसन अहिले के छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्थामा छैन ।

पहिलो विषय अहिलेसम्म नेपाली युवाहरुको भारतीय सेनामा भर्तीका लागि १९४७ को त्रिपक्षीय सन्धि एउटा आधार बन्दै आएको छ । त्यो सन्धिमा दिएको सेवा सर्तहरु र जुन प्रक्रियाहरू तोकेको छ, त्यसमा एकपक्षीय ढंगले गर्न मिल्दैन । सम्बन्धित सरकारसँग परामर्श गर्नुपर्छ । एकपक्षीय रूपमा गरिने परिवर्तन जोखिमपूर्ण हुन्छ । त्यो सन्धिको भावनाविपरीत हुन्छ ।

अर्को विषय चार वर्षका लागि युवाहरु जाँदा एकातर्फ हातमा युद्ध कलाको सीप हुने र फर्केर आएपछि बेरोजगार हुने यो अवस्थाले निम्त्याउन सक्ने सामाजिक जोखिमहरू पनि छन् । समाजमा त्यो सीप दुरुपयोग हुनसक्ने संभावना पनि उत्तिकै छ । भर्खरै एउटा द्वन्द्वबाट बाहिर निस्केको हाम्रोमा यो ढंगको बाटोमा युवाहरुलाई पठाउन हुन्छ कि हुँदैन ? भन्ने विषयमा पनि गम्भीर प्रश्न छ । यसमा गम्भीरतापूर्वक सोचिनुपर्छ ।

तेस्रो यो योजनाले विस्तार विस्तार भारतीय सेनामा नेपालीहरूको भर्नालाई कटौती गर्दै लैजान खोजेको देखिन्छ । यो विषयमा सरकारले पूर्वानुमान पनि गर्नुपर्‍यो र तद्अनुसारको तयारी पनि गर्नुपर्‍यो । अनन्त:कालसम्म गोर्खा भर्ती यही रूपमा रहँदा पनि रहँदैन । अहिले नै यसको सन्दर्भिकता र औचित्यको विषयमा धेरै बहसहरू छन् । गोर्खा भर्तीका बारेमा समग्र पुनर्विचार गर्ने एउटा उपयुक्त अवसर पनि हो । यस विषयमा समग्र पुनरावलोकन गरौं भने हिसाबले भारतसँग यो मौकालाई सदुपयोग गरेर गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । भारतले लामो समयसम्म हामी नेपाली युवाहरूलाई सेनामा लिइरहँदैनौं यसमार्फत एक प्रकारको संकेत दिइसकेपछि नेपालमा पनि यस विषयमा आफ्नो योजनाचाहिँ तयार गर्नुपर्दछ । कूटनीतिक माध्यमबाट यसको समाधान खोजिनुपर्छ । अहिले तत्कालका लागि तपाईंहरूलाई गरेको एकपक्षीय परिवर्तन छ यो उचित छैन र एकपक्षीय रुपमा गरिएको निर्णयलाई स्वीकार गर्न सक्दैन भन्नेर भन्नुपर्छ ।

तपाईं परराष्ट्रमन्त्री हुँदा गोर्खा भर्तीमा त्रिपक्षीय नभई द्विपक्षीय हुनुपर्छ भनेर प्रस्ताव ल्याउनु भएको थियो । त्यो विकल्प हुनसक्छ ?

यो अहिले उपयुक्त समय पनि हो । गोर्खा भर्तीका दुई वटा ऐतिहासिक पाटो रहेका छन् । एउटा स्वतन्त्र र सार्वभौम देशले सँधैभरि अर्काको सेनामा आफ्ना युवाहरू पठाउने र ती सेनाहरु एउटा देशको पक्षमा लागेर जोसँग नेपालको कुनै वैरभाव नभएको र जो हाम्रो मित्र राष्ट्रहरु छन् उनीहरूसँग लड्ने कुरा कति उचित हो ? भन्ने प्रश्न छँदै छ ।

समग्र गोर्खा भर्तीको अबको सन्दर्भमा यसको औचित्यको विषयमा पनि छलफल हुनु नै पर्छ । एउटा खास स्थितिमा ब्रिटिस शासन भारतमा समाप्त भएसकेपछि ब्रिटिस गोर्खामा काम गर्ने युवाहरुलाई भारतमा कति रहने र बेलायतमा कति जाने भन्ने प्रयोजनका लागि गरिएको त्रिपक्षीय सन्धी थियो । त्यसको कुनै सन्दर्भिकता पनि छैन । त्यस्तो भएकाले यो भनाईलाई निरन्तरता दिने हो र नयाँ सन्दर्भअनुसार अघि बढ्ने हो भने यसलाई बेलायत र भारतसँग छुट्टाछुट्टै सम्झौता गर्नुपर्छ । त्यो कुरा गर्नु नै पर्छ । यही कुरा हामीले बेलायती प्रधानमन्त्री समक्ष हाम्रो प्रधानमन्त्रीले राख्नु भएको हो । हामीले बेलायतका सम्बद्ध पदाधिकारी पटक पटक यो विषय उठाउँदै आएका हौं । कायम रहेको संरचनालाई नयाँ ढंगले पुनरावलोकन गर्नुपर्ने जरुरी देखियो ।

परिवर्तित भूराजनीतिक परिस्थितिमा आएको परिवर्तनले पनि गोर्खा भर्तीको विषयमा पुनरावलोकन गर्नु अझै बढी सन्दर्भिक भएको हो ?

यस विषयमा धेरै अघिदेखि छलफल हुनुपर्थ्यो र सरकारले एउटा पोजिसन बनाउनुपर्छ भन्ने ठान्छु । यसलाई नेपाली युवाहरूले पाएको रोजगारीको अवसर वा कैयौं परिवारको एउटा जीविकोपार्जनको साधन पेन्सन बनेको पाटो पनि छ । त्यो भन्दा पनि महत्त्वपूर्ण पाटो एउटा देशले अर्को देशको सेनामा भर्ती भएर तेस्रो मुलुकसँग कहिलेसम्म लड्ने ? प्रश्न त छँदै छ । तर यो रातरात अहिले समाप्त गर्न सकिँदैन । विकल्पका विषयहरु पनि चाहियो । यसको समग्र पक्षको बारेमा पनि छलफल हुनुपर्छ । तर कति वर्षमा हामी क्रमश: कटौती गर्दै लगेर यो स्थितिलाई टुङ्ग्याउँछौं भन्ने विषयमा देशको साझा नीति बन्नु पर्छ । यो समस्या पटक-पटक आइरहेको छ ।

लामो समयसम्म बेलायती सेनामा भर्ती हुने नेपालीहरुलाई बेलायती नागरिकको समान पेन्सनलगायतका सेवा सुविधा दिएन र लामो कानुनी लड्नु पर्‍यो । अहिले समस्याहरुको विषयलाई लिएर ब्रिटिस गोर्खाहरु लडिरहेका छन् । भारतसँग त्यो विषयमा समस्या थिएन । पेन्सनमा विभेद थिएन । तर पछिल्लो समयमा गरेको परिवर्तनले नयाँ कुराहरु ल्याउने भयो । यो नयाँ परिवर्तन एकपक्षीय रूपमा गर्न मिल्ने कि नमिल्ने ? प्रश्न भइहाल्यो । दोस्रो यसको सामाजिक प्रभावको जस्तो चार वर्षसम्म गोलाबारुद सबै चलाउन सिकेर र सबै कुराहरु फर्किंदा केही पैसा त हातमा आउला तर त्यसले सधैको जीविकोपार्जन चल्ने होइन । त्यो पेन्सन जस्तो होइन, त्यसपछि उनीहरु कहाँ जान्छन् ? त्यसपछि के हुन्छ भन्ने चाहिँ धेरै गम्भीर हो । यसमा सरकारले त्यसै ढंगले छलफल गर्नुपर्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार