असार २३, २०८२ सोमबार July 7, 2025

तीनकुने जागृतिनगरको सार्वजनिक जग्गामा बनाइएका टहरामा डोजर चलायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियान अन्तर्गत शनिबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महानगरले फिर्ता लिएको छ ।

त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीसहितको टोलीले अतिक्रमित जग्गामा डोजर चलाएको हो । महानगरले अतिक्रमित जग्गामा रहेका घर टहराहरु भत्काएको छ ।

वडाध्यक्ष भण्डारीले १८ दिने सूचना जारी गरेपनि अटेर गरेपछि डोजर चलाएर टहरा भत्काउनुपरेको बताएका छन । ‘पटक पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौँ’, उनले भने ।

प्रदेशसभा सदस्य गणेश दुलालले प्रमाणहरुका आधारमा भत्काएको ठाउँको जग्गा सरकारको नाममा रहेकोले टहराहरु भत्काइएको बताएका छन । ‘सरकारी जग्गा अतिक्रमण गरेर वर्षौदेखि एकजना व्यक्तिले भाडामा लगाएको थियो ।

बारम्बार सूचना जारी गर्दापनि अटेर गरेपछि शनिबार घरटहरा भत्काएका हौँ । यो क्षेत्रमा रहेका सबै अतिक्रमित सार्वजनिक जग्गा फिताए गर्ने अभियानका साथ अगाडी बढेका छौँ’, उनले भने ।

स्थानीयहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । जग्गा खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहराहरु भत्काएको आरोप स्थानीयको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया